उर्लाबारीमा जनप्रतिनिधीको कुटाई बाट नागरिकको हात भाँचियो, प्रहरी जाहेरी लिन आनाकानी गर्दै

उर्लाबारी । मोरङको उर्लावारी नगरपालिका वडा नम्वर ८ का वडा सदस्यको निर्देशनमा एक युवा माथि सामुहिक कुटपिट भएको छ ।

गत साउन १ गते राति वडा नम्वर ८ सिसौलिमा रातको समयमा घुम्न निस्केका युवाहरुले वडा सदस्य अग्नि प्रसाद लिम्वुलाई अपशव्द वोलेको आरोपमा लिम्वुको समुहले युवामाथि कुटपिट गरेको बताइएको छ ।

रातको समयमा मोटरसाइकलको कानै खाने आवाज निकालेर गाउमा ध्वनि प्रदुषण गराउन थालेपछि आफु उनिहरुलाई सम्झाउन निस्कीदा आफुमाथि अपशव्द प्रयोग भएको र सोही क्रममा ति युवाहरुलाई प्याट्टपुट्ट २/४ झापड हानेर सम्झाएको वडा सदस्य लिम्वुले वताउनु भयो ।
तर ति युवा भने अहिले झापा दमकको आम्दा अस्पतालमा उपचारत रहेका छन् । युवाको एउटा हात भाँचिएको छ ।
हात भाँचिने युवा उर्लाबारी ४ का २१ वर्षीय सुदिप थापा रहेका छन् । थापाको हात भाँचिएपछि हाल स्टिल लगाएर हातको उपचार भइरहेको पिडित थापाका काका हेम बहादुर थापाले बताए ।

रातको समयमा आफ्नो भतिजो कुटिएपछि उपचारका लागि अस्पताल भर्ना गराएर न्याय माग्न उर्लावारी इलाका प्रहरी कार्यालय पुगेका हेम बहादुर थापा भने उर्लावारी प्रहरीले जाहेरी लिन नमानेपछि न्यायका लागि भौत्तारी रहेका छन् ।
थापा भन्छन् “उर्लावारी प्रहरीका प्रमुख शुवास राईले किटानी जाहेरी लिन आलेटाले मात्रै गर्नु हुन्छ ४ दिन भैसक्यो कुट्नेहरु छात्ती फुलाएर हिँडिरहनु भएको छ जाहेरी दिन जादा उल्टो मिल्न दवाव दिनु हुन्छ ।” पिडक पक्षले पनि स्वास्थ्य उपचारको खर्च व्यर्होने मुद्धा दर्ता नगर्नु भनेर दवाव दिनुहुन्छ अव हामी के गर्ने ?

यता पिडक भनिएका वडा सदस्य अग्नी प्रसाद लिम्बूले आफु घटना भएको समयमा संगै रहेको बताए । आफुले २/४ झापड प्याट्टपुट्ट मात्र हानेको तर घटना स्थानीय युवाहरुले घटाएको लिम्वुले टेलिफोन समपर्कमा बताए ।

साथै लिम्वुले दुवै पक्षको सहमतिमा इलाका प्रहरी प्रमुखको रोहवरमा दुवैतर्फको छलफल र मिलापत्र गर्ने मौखिक सहमती भैसकेको समेत वताएका छन् । अव लिखित रुपमा मिलापत्र गर्न मात्रै बाँकी रहेको छ ।

जनप्रतिनिधीले नै कुटेर हात भाँचिदिएपछि उनका आफन्त भने ४ दिनदेखि प्रहरीकोमा किटानी जाहेरीको फाइल बोकेर धाइरहेका छन् तर प्रहरी आनाकानी गर्दै बसिरहेको छ ।
प्रहरी निरिक्षक सुवास राईले समेत पिडितलाई झन पिडा दिएर मिल्न दवाव दिइरहेका छन् ।

पिडितको जाहेरी लिन प्रहरीले ढिलासुस्ती गर्‍यो रे नि सर ? भनेर हामीले इलाका प्रहरी प्रमुखलाई प्रश्न गर्दा राईले दुवै पक्षलाई मंगलवार कार्यालयमा हाजिर हुन भनिएको छ उहाँहरु आएपछि वाकी कुरा हुन्छ भनेर टेलिफोन राखिदिनु भयो ।

पिडित पक्षले न्यायका लागि वडा सदस्य अग्नी प्रसाद लिम्बू, उनका छोरा शौगात लिम्बू र महेश लिम्बूको नाममा किटानी जाहेरी दर्ताका लागि दैनिक रुपमा इलाका धाइरहेको छ ।
थापाको उपचारका लागि हाल सम्म करिब ७० हजार खर्च भइसकेको छ । भने पिडक पक्षले उपचारका लागि भनेर ४० हजार रुपैया उपलव्ध गराएको बताइएको छ ।
पिडित थापाको समुहमा प्रितम पौडेल, पवन खड्का र मिलन प्रसाँई साथिहरु रहेका छन्