केराबारीमा डाले खोलाले बगाएर एक जनाको मृत्यु

केराबारी । मोरङको केराबारीमा खोलाले बगाएर एक जना व्यक्तीको मृत्यु भएको छ ।

केराबारीए ६ स्थित डाले खोलामा आएको बाढीले बगाउदा सोही स्थानका वर्ष ५५ का जित बहादुर मगरको मृत्यु भएको हो ।

पानबारी डाले रोडको डाले खण्डबाट बगाएको उक्त व्यक्तीको शव बगाएको स्थानबाट केही तल भेटिएको स्थानियले बताएका छन ।