बेलबारी ४ का छत्र गुरुङले पञ्चायत विद्यालयलाई गरे १ लाख ५ हजार सहयोग


बेलबारी ४ धरहराका छत्रबहादुर गुरुङ्गले सोही ठाउँको पञ्चायत आधारभुत विद्यालयलाई १ लाख ५ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ । हाल बेलजियम मा बस्दै आउनुभएका छत्र बहादुर गुरुङ्गले विद्यालयको शैक्षिक विकास अभिवृद्धि र कुशल व्यवस्थापनका लागि सो रकम प्रदान गर्नुभएको हो । आइतबार पन्चायत आधारभूत विध्यालयका प्रधानाअध्यापक विष्णु प्रसाद फुयाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार गिरीलाई छत्रबहादुरका तर्फबाट अम्बरबहादुर गुरुङ्गले रकम हस्तानतरण गर्नुभएको हो । रकम सहयोग गर्ने छत्रबहादुरलाई विद्यालयका प्रधानाध्यापक फुयलले धन्यवाद व्यक्त गर्नुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि सबैको सहयोग समेत आवश्यक रहेको विद्यालयले जनाएको छ ।

Image may contain: sky, cloud and outdoor