कार्य सम्पादन मुल्यांकनमा रमिते सामुदायिक वन प्रथम

बिभिन्न कार्य सम्पादन मुल्यांकनका आधारमा बेलबारी २ मा रहेको रमिते सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ । डिभिजन वन कार्यालय,मोरङले वन विकास, संरक्षण र सम्बर्द्धन गर्दै सामाजिक उत्तरदायित्व ,न्यायोचित ढङ्गले वन पैदावर वितरण , रोजगारी सिर्जना, गरिबी निवारण जस्ता बिसयमा गरिएको कार्य सम्पादन मुल्यांकनका आधारमा रमिते सामुदायिक वन उपभोक्ता समूहलाई उत्कृष्ट छनौट गरेको हो ।


मोरङका १ सय ३३ सामुदायिक वन मध्येबाट रमिते सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको हो । डिभिजन वन कार्यालय,मोरङद्वारा आयोजित पुरस्कार बितरण समारोहमा उत्कृष्ट भएकाहरुलाई नगद सहित पुरस्कृत गरिएको छ । कार्यक्रम बाट केराबारी स्थित हिमचुली सामुदायिक वन उपभोक्ता दोश्रो र सुन्दर हरैचा स्थित जन जागरण सा.व.तेस्रो पुरस्कारबाट पुरस्कृत हुन सफल भए ।