चोरीका सामान सहित उर्लाबारीबाट बाबुछोरा पक्राउ

चोरीमा संलग्न रहेको आरोपमा मोरङको उर्लाबारीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–३ सालबारी बस्ने ५५ वर्षीय मुगु उराउ र उनकै छोरा सुनिल उराउ रहेका छन् ।

उर्लाबारी नगरपालिका–३ मंगलबारेटोल बस्ने अम्बिका प्रसाद रिजालको घरबाट मोबाइल, सुन तथा चाँदीका गरगहना लगायतका सामग्री चोरी गरेको आरोपमा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उराउको घर खानतलासी गर्दा चोरी भएका सामानहरु मध्ये मोबाइल २ थान, चाँदीको पाउजु १ जोर बरामद भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । चोरीमा संलग्न रहेका उर्लाबारी नगरपालिका–३ शनिबारे हटिया लाइन बस्ने २१ वर्षीय वाँया चौधरी भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।