प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ९३ पुग्यो

विराटनगर, ४ साउन । प्रदेश १ मा आइतबार ३ जनामा संक्रमण देखिएको छ । सुनसरी, झापा र मोरंगमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा सुनसरीको हरिनगर, झापाको मेचीनगर र मोरंगको बुढीगंगाका १–१ जना पुरुष रहेका छन ।

प्रदेश १ मा हालसम्म ८८ दशमलव ५४ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश १ मा ७ सय ९३ जनामा कोरोना संक्रमण भएका मध्ये ७ सय २ जना डिस्चार्ज भएका हुन । संक्रमण देखिएका मध्ये ८८ जना अहिले उपचाररत छन् । प्रदेश १ मा हाल सम्म १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति सप्तरीका हुन । उनको धरानमा उपचाररत रहेको अवस्थामा मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार ३५ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ सय ९३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३४ हजार ६ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।