हराएका २० थान मोवाइल सम्बन्धित ब्यक्तिको हातमा

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव ५लाख ९४ हजार २ सय ४० मुल्य बराबरका २० थान मोवायलल सेट फेला पारी आइतबार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी बहत्तर लाख अठार हजार आठ सय साठी रुपैयाँ बराबरको २ सय ९६ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।