बेलबारीका खसी चोर पक्राउ

बेलबारी । मोरङ प्रहरीले शनिबार एक खसी चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ८ बस्ने वर्ष ३६ को नगर खवास रहेका छन ।

शनिबार रंगेली प्रहरीले को १५ प १२०८ नं को मोटरसाइलकको पछाडी कालो रंगको खसी लोड गरी शंकास्पद अवस्थामा लिएर जाँदै गर्दा गस्तीमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच तथा सोधपुछ गर्दा चोरी भएको जानकारी पश्चात मोटरसाइकल , मोटरसाइकल चालक र खसीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चोरी गरेको स्थान ईलाका प्रहरी कार्यालय बेलबारीको एरिया अन्तरगत पर्ने भएको हुँदा आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बेलबारी पठाई थप अनुसन्धान भई रहेको छ ।