बेलबारीमा बारण्डाबाट लडेर एकजना पुरुषको मृत्‍यु

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा एक जना व्यक्तीको बारण्डाबाट लडेर मृत्‍यु भएको छ । बेलबारी-१ बस्ने ३५ बर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको हो ।

हिजो राती पौने ९ बजे आफनै घरको बरण्डाबाट अचानक लडी वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।