उत्तरी मोरङका ६ पालिकाले तिन ठुला योजना भित्रयाउदै

उत्तरी मोरङका ६ वटा पालिकाहरुले संयुक्त रुपमा फाहोर मैला ब्यबस्थापन, सोलार प्यानलबाट सौर्य उर्जा निकाल्ने तथा दमकल ब्यबस्थापन गर्ने भएका छन । मोरङको बेलबारी, सुन्दरहरैचा, लेटाङ नगरपालिका, कानेपोखरी र केरावारी गाँउपालिकाले गौरवको आयोजनाका रुपमा तिन वटा योजनालाई अगाडि बढाइरहेका हुन ।

लिभ्रा टेक्नोलोजि कम्पनि सँगको सहकार्यमा फोहोर वाट मोहोर बनाउने, सोलार सौर्यबाट बिद्युत उत्पादन गर्ने तथा दमकलको ब्यबस्थापन संयुक्तरुपमा गर्ने गरी अगाडि वढिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । यि योजनाहरु भित्रिए सँगै स्थानियतहरुमा ठुलो परिवर्तन आउने विश्वास गरीएको छ ।
बेलबारी नगरपालिकाका प्रमुख सुवेदी, सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिब प्रसाद ढकाल, लेटाङ नगरपालिकाका प्रमुख शकर राई, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार, राई, केरावारी गाउपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, कानेपोखरी गाँउपालिकाका अध्यक्ष तारा बहादुर काफ्ले तथा उदयपुरको लिभ्रा टेक्नोलोजि कम्पनिका श्याम राज पान्डे, र सुदिप कुमार चौधरी सहितको टोलिको सक्रियतामा ठुला योजनाहरु ल्याउन लागिएको हो ।
अन्तरपालिका साझा सरोकार मंच मोरङका संयोजक समेत रहनु भएका बेलबारी नगरपालिकाका नगर प्रमुख सुवेदीको पहलमा योजनाहरु भित्रिएका हुन । उक्त योजनाहरु भित्राउन उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेब चौधरीले सहजिकरण गर्नु भएको थियो ।
लामो सयम सम्म फोहोर मैला ब्यबस्थापनमा समस्या देखीएपछि संयुक्त रुपमा फोहोर मैलालाई ब्यबस्थापन गर्ने गरी ६ स्थानियतहरु जुटिरहेका छन । यस्तै सोलार प्यानलको प्रयोग वाट आफनै पालिकामा सौर्य उर्जा उत्पादन गर्ने गरी समेत नगरपालिका तथा गाँउपालिकाहरु अगाडि बढेका हुन । ६ वटै पालिकाले संयुक्त रुपमा दमकलको समेत ब्यबस्थापन गर्ने भएका छन ।