बेलबारीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो


बेलबारीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । पिसिआर परिक्षणको पछिल्लो नतिजा अनुसार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै बेलबारीमा संक्रमितको संख्या ४ पुगेको छ । गत असार ३१ गते स्वाव नमुना परिक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रयोगशामा पठाइएकोमा शुक्रबार आएको रिपोर्ट अनुसार २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माका अनुसार साउदी अरबबाट फर्किएर आएका बेलबारी २ का ३२ वर्षिय पुरुष र भारतबाट आएका बेलबारी ९ का ५९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । दुवैजना बेलबारी १० स्थित क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरुलाई गोठगाउँ स्थित पुर्वाञ्चल विश्वविद्यालयको कोरोना उपचार केन्द्रमा लगिएको छ । यसअघि बेलबारीका २ संक्रमित मध्ये १ जना निको भैसकेका छन् ।