काँग्रेस सभापति भट्टराईले एक बालकको पढाई खर्च ब्यहोर्ने

नेपाली काँग्रेस बेलबारी सभापति सम्भु भट्टराईले एक बालकलाई अभिभावकत्व ग्रहण गर्दै पढाई खर्च ब्यहोर्ने भएका छन । बेलबारी ४ निवासी दिवस मगरलाई सभापति भट्टराईले कक्षा १० सम्म निशुल्क पढाइदिने भएका हुन ।

हाल कक्षा ७ मा अध्ययनरत मगरलाई कक्षा १० सम्मको लत्ताकपडा लगायत संपुर्ण शैक्षिक खर्च ब्यहोर्ने भट्टराइले बताए । आमा र बुबा दुबैको मृत्यु भएको र आफ्नै बडबा करण मगरको घरमा बस्दै आएका बालक कसेनी मावि बेलबारी ४ मा अध्ययनरत छन । शुक्रबार एक कार्यक्रमका बिच सभापति भट्टराईले आर्थिक अवस्था कमजोर भएका बालकलाई कपडा, कपी, कलम लगायतका शैक्षिक सामाग्री प्रदान गरेका छन । यस अघि पनि बेलबारीका एक बालकलाई भट्टराईले कक्षा १० सम्मको संपुर्ण शैक्षिक खर्च ब्यहोरेका थिए ।