पालिकाहरुमा प्याब्सन तथा एनप्याब्सनको ध्यानाकर्षणपत्र


कोभिड १९ का कारण निजि विद्यालयहरुले भोगेका समस्याको समाधानमुखी उपायका लागि पहल गर्न आग्रह सहित निजि विद्यालयहरुका छाता संगठन प्याब्सन तथा एनप्याब्सनले पालिकाहरुमा ध्यानाकर्षणपत्र बुझाएका छन् । बेलबारी नगरपािलका,कानेपोखरी गाउँपालिका लगायत सबै पालिकामा प्याब्सन तथा एनप्याब्सनका सम्बन्धित पालिकाका समितिहरुले ध्यानाकर्षणपत्र बुझाएको एनप्याब्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारीले जानकारी दिनुभएको छ ।
शुक्रबार संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल विद्यालय सञ्चालनमा ल्याउने वातावरण मिलाई दिन माग गरेका हुन् दुवै संगठनहरुले माग गरेका हुन् ।
नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथाशीध्र निर्माण गरिनुपर्ने,यस्तै क्वारेन्टिनका लागि प्रयोग भएका विद्यालयबाट क्वारेन्टिन अर्को स्थानमा स्थान्तरण गरी निर्मलीकरणको व्यवस्था गरिनुपर्ने, वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०÷ १९० दिन पठनपाठन गनुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु कटौती गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण गनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । यसैगरि शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धताको आधारमा शुल्कहरु संकलन गर्न पाउने व्यवस्था गरिनुपर्ने निजी विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र शैक्षिक सत्र २०७७ सालको कुनै पनि शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गरिनुपर्ने र घर जग्गा वहाल कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गरिनुपर्ने प्याव्सन तथा एनप्याब्सनले माग गरेका छन् ।