केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि चक्कु प्रहार

केराबारी । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ । शुक्रबार (आज) दिउँसो अन्दाजी पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको ईलाका प्रहरी कार्यालय बेलाबारीले जनाएको छ ।

अध्यक्ष कार्कीलाई केराबारी वडा नम्बर १० का भवन ठकुरीले हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट गाउपालिका अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।

घटनाको बारेमा तथा घाइते कार्कीको अवस्थाको बारेमा थप विवरण लिने काम भइरहेको ढकालले बताए । हतियार प्रहार गर्ने ठकुरीलाई नियन्त्रणमा लिइसकिएको प्रहरी निरिक्षक ढकालले बताए ।

पटके करको विषयलाई लिएर कार्यकक्षमै उनीमाथि आक्रमण भएको थियो । ठकुरीले यस अघि पटके ठेक्का उठाउँदै आएको र असार पछि ठेक्काको अवधि सकिए सँगै आफ्नो रोजीरोटी खोसेको भन्दै अध्यक्ष कार्की माथि नै चक्कु प्रहार गरेका थिए ।

आक्रमणबाट कार्की घाइते भएका छन । अध्यक्ष कार्कीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि विराटनगर स्थित नोबल अस्पताल लगिएको बताइएको छ ।