सुनसरीमा नेपाल प्रहरी र भारतीय बिच गोली हानाहान

सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्जमा नेपाल प्रहरी भारतीय समूहबीच गोली हानाहान भएको छ। सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले सुनसरीको देवानगञ्जमा गोली चलेको जानकारी दिए।

उनले २ जनालाई गोली हानी नियन्त्रणमा लिएको बताए। घटना बिहीबार अबेर साढे ८ बजेपछि भएको एसपी थापाले जानकारी दिए । घुँडामा गोली लागेका उनिहरुको उपचार भइरहेको छ ।

हतियार बोकेको समूह रहेको थाहा पाएपछि देवानगञ्ज पुगेको प्रहरीमाथि सो समूहले गोली चलाएको एसपी थापाले बताए । प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको जनाएको छ।

सो समूहमा एसपी थापाले नेपाली र भारतीय हतियार तथा लागु औषध तस्करहरु रहेको बताए ।