पैनीले बगाउदा केराबारीमा नाबालकको मृत्‍यु

केराबारी । मोरङ्गको केराबारी ७ मा मामाघर कुलो (सिंचाई पैनि)ले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको आरुबोटेका हर्क लिम्बुका दुई बर्षीय छोरा दियन लिम्बु रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

स्थानीय जनसहयोग पैनीले बगाउँदा ति बालकको ज्यान गएको प्रहरीले जनाएको छ। बिहिबार बेलुका ७ बजेतिर तिर बालकलाई कुलोले बगाएको स्थानीयको अनुमान छ।

मामली घरैमा खेल्दै गरेका बालकलाई पैनिले करिव ४ किलोमिटर बगाएर स्थानीय बेलेपुर भन्ने ठाउँमा ल्याएको प्रहरीले जनाएको छ । बालककी आमा दिना थेगिम केराबारी ७ स्थित पञ्चमी टोलमा रहेको माईतिघरमा साउने संग्राँती मनाउन आएकी थिईन ।




Leave a Reply

Your email address will not be published.