इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत पोख्रेल घुससहित पक्राउ

इटहरी । इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित समातिएका छन् । ६५ हजार रुपैया घुससहित उनलाई इटहरीबाट रङ्गेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सेवाग्राहीहरुसँग कमिसन लिने बित्तिकै उनलाई पक्राउ गरेको हो ।

उनले लामो समयदेखि सेवाग्राहीलाई दुःख दिँदै घुस माग्दै आएका थिए । गुनासोपछि अख्तियार उनको पछाडी लागेको थियो । उनले एउटा विद्यालयको योजनावापतको पैसा लिएका थिए ।

वीपी चोकको समिप होटलमा उनी मोटरसाइकल स्टार्ट पनि बन्द नगरी पसेका थिए । पैसा दिएर सेवाग्राही निस्कने बित्तिकै उनलाई अख्तियारको टोलीले समातेको थियो ।