बेलबारी ६ मा भेटिए अनौठा माछा, संरक्षविदबाट जानकारी लिने स्थानियको चाहना


मोरङको बेलबारी ६ स्थित नहरमा अनौठो प्रकारको माछा भेटिएको भन्दै स्थानिय बासिन्दा अचम्मित बनेका छन् । सुनसरी मोरङ सिँचाई आयोजनाको नहर अन्तर्गत सोमबारे र बनौल बिचको बिचपैनीमा बुधबार त्यस्ता २ वटा माछा फेला परेका हुन । स्थानिय बयोवृद्ध अग्रज र माछा पाल्ने तथा यसको व्यवसायमा संलग्नहरुले समेत विगतमा यस्तो माछा नदेखेको बताएपछि त्यहाँका बासिन्दाले माछालाई जिवितै सुरक्षित राखेका छन् । फेला परेका माछाका विषयमा जीवशास्त्री वा संरक्षणविदहरुलाई अवलोकन गराएर जाकारी लिन चाहेको स्थानिय टेकनाथ शर्माले जानकारी दिनुभएको छ । अहिलेलाई ती माछा बेतना सिमसारमा बुझाउने र प्रांणीशास्त्रीहरुबाट त्यसको प्रजाती,विशेषता लगायतबारे पनि जान्ने प्रयास गरिरहेको शर्माले बताउनुभएको छ । आफुहरुले गुगल सर्च गर्ने क्रममा प्लेको जातको माछा हुनसक्ने अनुमान गरे पनि यसको बास्तविकता बुझ्ने स्थानियको चाहना रहेको पनि शर्माले बताउनुभएको छ