हराएको मोटरसाइकल फिर्ता पाउदा भण्डारी दंग

बेलबारी । तीन दिनअघि मोरङ जिल्लाको बेलबारी नगरपालिका १ स्थित सोमबारे सब्जी हटिया अगाडीबाट पार्किङ गरेको मे ६ प १७२२ नम्बरको कालो/रातो डिस्कभर मोटरसाइकल हरायो । आफ्नो मोटरसाइकल चोरी भएको थाहा पाएपछि स्थानिय सञ्चारकर्मी समेत रहेका अम्बिका भण्डारी चिन्तत थिए ।

उनले तत्काल प्रहरीमा मोटरसाइकल हराएको(चोरी) भन्दै जाहेरी दिए । मोटरसाइकल चोरी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बेलबारी खोजतलासमा जुट्यो । अन्ततः ३ दिनपछि प्रहरीले उक्त मोटरसाइकल बेलबारी नगरपालिका वडा नं.०७ लालमणी चौकस्थित हनुमान मन्दिरमा वेवारिसे अवस्थामा फेला पार्यो । हिजो बिहिबार फेला परेको उक्त मोटरसाइकल आज ईलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल धनी भण्डारीलाई जिम्मा लगायो ।

हराएको मोटरसाइकल सकुशल फेला परेपछि भण्डारी हर्षित छन् । बुधवार प्रहरीबाट मोटरसाइकल र चाबी बुझेपछि खुशी हुदै उनले भने,’चोरी भएको मोटरसाइकल भेटिन्छ कि भेटिन्दैन भन्ने चिन्ता थियो । आज प्रहरीले भेट्टाएर फिर्ता गर्यो । आफुले आफ्नै पसिनाले दु:ख गरेर जोडेको मोटारसाइकल हराए पछी पुन पाउदा असाध्यै खुशी छुँ