पहिरोका कारण केराबारीमा एक महिलाको मृत्‍यु

केराबारी । मोरङको केराबारी गाउँपालिका र लेटाङ नगरपालिकाको सीमामा पर्ने सिंहदेवी २ खानी गाउँमा पहिरोले एक महिलाको मृत्‍यु भएको छ । केराबारी गाउँपालिका–२ सिंहदेवी चिसाङखोला छेउमा आएको पहिरोमा पुरिएर सोही ठाउँ बस्ने ५८ वर्षीय एक महिलाको मृत्यु भएको हो ।

मृत्‍यु हुनेमा केराबारी २ कि धन कुमारी आङबो लिम्बु रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।