बेलबारीका पहिलो संक्रमितले कोरोना जिते


बेलबारीका पहिलो कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गत असार १९ गते कोरोना पुष्टि भएका बेलबारी ५ का २२ वर्षिय युवकले कोरोना जित्न सफल भएका हुन् । गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालय कोरोना उपचार केन्द्रमा उपचाररत युवक सोमबार डिस्चार्ज भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । भारतको दिल्लीबाट फर्किएर बेलबारी १० स्थित धिरनाथ सम्फुल माविको क्वारेन्टिनमा बस्दै आएका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बेलबारीको क्वारेन्टिनमा बसेकाहरुको अहिलेपनि स्वाब नमुना संकलन र परिक्षणको क्रम चलीरहेको छ । सोमबार पनि १६ जनाको स्वाव नमुना संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको विश्वकर्माले जानकारी दिनुभएको छ । बेलबारीको क्वारेन्टिनमा रहेकाहरुको अहिलेसम्म १ सय ७९ नमुना संकलन गरी परिक्षण गरिसकिएको छ । क्वारेन्टिनमा अहिले ७१ जना बसेका छन् ।