इरानराईको व्यङ्ग्य निबन्ध संग्रह ‘कट्टु’ सार्बजनिक


भानु जयन्तीको अवसरमा बेलबारीमा ईरानराई द्वारा लिखित व्यङ्ग्य निबन्ध संग्रह ‘कट्टु’ सार्वजनिक गरिएको छ । सोमबार विहान बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा सो ब्यङ्ग्य निबन्ध संग्रह सार्वजनिक गरिएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी,अग्रज साहित्यकार एच. एम. तामाङ लगायतले निबन्ध संग्रह सार्वजनिक गर्नुभएको थियो । निबन्धसंग्रहमा कट्टु,सुतुवा,समाज–मेवा,परी–योजना,अविज्ञान लगायत शिर्षकका १५ वटा निबन्धहरु संग्रहति रहेका छन् । लेखक राईले विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित तथा केही अप्रकासित समेत निबन्धहरुलाई संग्रहित गर्नुभएको छ ।

Image may contain: 1 person
लेखक इरानराई


सार्वजनिकीकरण कार्यक्रममा निबन्ध संग्रहमाथी टिप्पणी गर्नुहुँदै अग्रज साहित्यकार एच एम तामाङले पुस्तकमा रहेका निबन्धहरुले विभिन्न विषयमा व्यङ्ग्य गरेको र उपयुक्त अवस्थामा सन्देश प्रवाह समेत गरेको बताउनुभएको छ । कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले साहित्यका क्षेत्रमा आउने नयाँ कृतिले समाजलाई केही न केही सन्देश वा मार्गदर्शन पनि प्रदान गर्ने बताउनुभएको छ । इरानराईको नयाँ निबन्ध संग्रहले पनि साहित्यक्षेत्र र सिंगो समाजका लागि महत्वपुर्ण छाप छोड्ने विश्वास व्यक्त गर्नुभएको छ ।मेयर सुवेदीले बेलबारीमा साहित्य,कला संस्कृतिको उन्नयन तथा प्रोत्साहन,प्रवद्र्धनका लागि बेलबारी प्रज्ञा प्रतिष्ठान स्थापना गरिने पनि बताउनुभएको छ ।

No photo description available.


कार्यक्रममा लेखक राईले व्यङ्यले आत्मआलोचना गर्ने बानीको विकास हुने र आत्मआलोचनाको विकास भयो यसले समाजमा विभिन्न विषयलाई नकारात्मकताबाट सकारात्मकतामा परिणत गराउन सक्ने भएकाले आफुले व्यङग्य लेखनमा हात हालेको बताउनुभएको छ । निबन्ध संग्रह प्रकासन सम्मको अवस्थामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख एवम् साहित्यकार ढाका पराजुलीले शुभकामना दिनुभएको थियो भने अग्रज साहित्यकार आचार्य अ.ले भानुभक्त आचार्यका विषयमा कविता सुनाउनुभएको थियो । कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मी रमेशकुमार तामाङ,राजनितिकर्मी डिपी राई,बेलबारी वडा नं. १ का वडा अध्यक्ष चक्रबहादुर खुलाल लगायतको पनि उपस्थिति रहेको थियो । छावा प्रकाशन बेलबारीकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।