नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीलाई मातृशोक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीलाई मातृशोक परेको छ । सुवेदीकी आमा देवीमाया सुवेदीको सोमबार विहान निधन भएको हो । बेलबारी ३ निवासी सुवेदीको विहान २ बजेतिर निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । दिवंगत हुनुभएकी देवीमाया साहित्यकार स्व. पुण्यप्रसाद सुवेदीकी धर्मपत्नी समेत हुनुहुन्छ । सुवेदीको पार्थिव शरिरको अन्तिम संस्कार आजै सोमबार दिउँसो २ बजे बेलबारी स्थित लोहन्द्रा घाटमा गरिने पनि परिवारले जानकारी दिएको छ ।