मोरङमा बाढी: गछिया खोलामा कटान शुरु

सुन्दरहरैचा । केही दिनयता परेको अविरल वर्षापछि गछिया खोलामा आएको बाढीले खोलाको छेउछाउमा कटान शुरु गर्न थालेको छ । गछिया खोलाले कटान शुरु गर्न थाले पछी आसपासका बस्ती जोखिममा परेको छ ।

स्थानिय तह, प्रदेश सरकार हुँदै संघिय सरकारले वर्षेनी उक्त खोलामा बजेट हाले पनि उक्त हालेको बजेट वर्षेनी खोलाले नै कटान गरेर बगाउछ । गए राती आएको अविरल वर्षाको कारण स्थानिय तह, प्रदेश सरकार हुँदै संघिय सरकारले वस्ती जोगाउन खोलाको किनरमा लगाएको तार जाली समेत बगाएको छ ।

निरन्तर अविरल वर्षा सगै आएको बाढीका कारण खोला आसपासका छेउमा बस्ने वस्तीका बासिन्दाहरु अहिले त्रासितमा छन ।