मोरङमा बाढी: चिसाङ खोलाले दुई घर बगायो

कानेपोखरी । निरन्तर आएको अविरल वर्षा सगै मोरङका विभिन्न खोलानालाहरुमा पानीको मात्रा बगेको छ । गत राती आएको अविरल वर्षाका कारण चिसँग खोलामा आएको बाढी सगै उक्त बाढीले दुई घर बगाएको छ ।

कानेपोखरी गाउपालिका २ चिसाङ बस्ती बस्ने पाण्डप ॠषिदेव र सलाङ ॠषिदेवको टिनको छानो, बासको टाटी भएको एक तले घर र घर भित्र भएको सबै सामान बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाको घर बगाउदा करीब दुई लाख बराबरको छाती भएको छ । दुवै जनाको घर बगाए पछी हाल पीडित दुवै जनाको परिवारअलाई सुरक्षित छिमेकीको मा पठाइएको प्रहरीले जनाएको छ ।