मोरङको चिसाङ खोलामा आएको बाढीले सात घर विस्थापित

कानेपोखरी । निरन्तर आएको वर्षा सगै मोरङका अधिकांश खोलानालाहरुमा पानीको मात्रा बढेको छ । पछील्लो केही दिन देखिको निरन्तर अविरल वर्षाका कारण चिसाङ खोलामा आएको बाढीका कारण ७ घर विस्थापित भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चिसाङ खोलामा आएको बाढीले कानेपोखरी गाउपालिका ५ स्थित दुखीटोल छेउमा कटान सुरु गरेको छ । उक्त कटान क्षेत्र आसपासका ७ घर परिवारका ३२ जना बाढीको जोखिममा रहेको प्रहरी जनाएको छ ।

हाल उक्त स्थानमा जोखिममा रहेका घर परिवारका सबैजनालाई कानेपोखरी ५ मा रहेको भंसावारी प्राथमिक विधालयमा सुरक्षित बासस्थानको लागी लगिएको प्रहरीले जनाएको छ ।

चिसाङ खोलाले हाल सम्म करिब २ विघा जग्गा कटान गरी क्षती गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।