सप्तकोशी नदिले १४ वर्षिय बालक बगायो

सुनसरी । सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् ।आइतबार बिहान सप्तकोशी नदिले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा सुनसरीको बराहक्षेत्र ७ घर भएका बालक अनिल बस्नेतलाई सप्तकोशी नदिले बगाएको हो ।

गाउँले सहित खोलामा दाउरा निकाल्न गएका उनी अहिले सम्म नभेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डव कुमार राजवंशीले जानकारी दिए । स्थानीय लगायत प्रहरीले उनको खोजी भईरहेके जारी राखेका छन् ।