सुन्दरहरैचामा थप एक जनामा कोरोना, संक्रमित संख्या दश पुग्यो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा थप एक जना व्यक्तिमा कोरोना भाईरस पुष्टि भएको छ । संक्रमित व्यक्ती सुन्दरहरैचा नगरपालिका वडा नं ११ का ४० वर्षिय एक पुरुष रहेको सुन्दरहरैचा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले बताए ।

संक्रमित उक्त व्यक्ती अन्यन्त्र बाहिरी मुलुकबाट आएर सुन्दरहरैचा नगरपालिकाले बासबारी स्थित सिग्देल बन्धु प्रतिष्ठानको भवनमा निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनको स्वाब परिक्षाण गर्दा कोरोना पोजेटिभ देखिए पछी उपचारको लागि गोठागाउ स्थित कोभिड अस्पातल लगिएको बस्नेतले बताए ।

यस्तै सुन्दरहरैचा नगरपालिका कोरोना संक्रमित हुने व्यक्तिको संख्या १० पुगेको छ भने कोरोना जितेर घर फर्कनेको संख्या ७ पुगेको बस्नेतले बताए ।