अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा चार डाक्टर पक्राउ

काठमाडाैँ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा भरतपुर मेडिकल कलेजका चार जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ परेका छन् ।