“अबको राजनैतिक दृष्टिमा उर्लाबारी”

उर्लाबारी । पूर्वको सुन्दरनगरीको चर्चा भइरहदा उर्लाबारी नगरलाई अलग्गै ढाकीमा राखेर बहस गर्दा अन्याय हुन्छ । प्रतिस्पर्धात्मक सामाजिक आर्थिक र राजनैतिक परिवेशमा पूर्व तर्फ रहेको उपमहानगरोन्मुख दमकले दौडमा धेरै माइलपछि पारिरहेको र प्रधानमन्त्रीको निर्वाचन क्षेत्रलाई टक्कर दिने हैसियत नभएपनि बेला–बेला चर्चाको माध्यम बनेको स्वाभिमानी नगर हो उर्लाबारी ।

पश्चिम तर्फको पथरीशनिश्चरे र दक्षिण तर्फको रतुवामाईलाई भौगोलिक क्षेत्रफलले साथ दिएको र उत्तर तर्फको मिक्लाजुङ गाउँपालिका भएपनि क्षेत्रफल र प्राकृतिक सम्पदामा अग्रणी रहेको हुँदा चारैतर्फबाट विकास राजनीति, आर्थिक संबृद्धि आदिबाट चुनौति सामान गरिरहेको नगर हो उर्लाबारी ।

बेजोड राजनैतिक हैसियत भएका अध्ययनशिल, चिन्तनशिल प्रखर राजनैतिक हस्तिहरुले ओतप्रोत भएको, महासामन्त, पूँजीपति, मध्यमबर्गीय, निम्नवर्गीय र समस्याग्रस्त वर्ग समेत विभाजन गर्दा मात्र उर्लाबारीलाई समेट्न सकिएला ।

नत्र, महासामन्त, पूँजीपति र समस्याग्रस्त वर्गलाई कसरी समेटेर समता मूलक समाज निर्माण गर्न सकिएला र ? मधुमल्लाको सीमासँग जोडिएको वडा नं. १र रतुवामाईको सीमानामा रहेको वडा नं. ८ र ९ कृषिकर्मको लागि रहेपनि बाँकी वार्डहरु नगरोन्मुख रहेको र विविधताले सजिएको मोरङ कै सानो क्षेत्रफलमा रहेको नगर हो उर्लाबारी ।

अव कुरा रह्यो भावी राजनीतिको सो भन्दा पहिले वर्तमानको केही अंश, नेपाली कांग्रेसबाट मेयर र ने.क.पा. बाट उपमेयर त्यसैगरी ९ वडामा विविध जीतहार ।

बलियो सत्तापक्ष र होड्बाजीमै रहेको प्रतिपक्ष घरीघरी जनप्रतिनिधिहरुकै बीचको चुलिएको विवाद जसबाट जन्मिएको सचेत राजनीति अवस्था । को बलियो ? अनुत्तरीत प्रश्न । किनकी उर्लाबारीका चारै दिशामा रहेका मानिसको जमघटको थलोमा तथाकथित विश्लेषकहरुका भनाई सन्दा एकतर्पm नेपाली कांग्रेस बलियो सावित हुन्छ भने अर्को दिशामा ने.क.पा. बलियो सावित हुन्छ । दुवै तर्पmका अक्कडा तर्पm र फरक यथार्थतामा चलिरहेको छ हाम्रो उर्लाबारी ।

वर्तमानको अखेडो राजनैतिक अवस्था र परिवेशले भविष्यको कुनै आकलन गर्न सकिने स्थिति छैन । हालको नेपाली समाजको चरित्र अर्ध सामन्त र अर्ध औपनिवाशिक होइन, पूँजीवादी रहेको र सो चरित्र निर्धारण जस्तो अत्यन्तै विवादास्पद विषयलाई नव आगन्तुकहरुको उद्देश्य र अन्तब्यको थलो को रुपमा बृद्धि हुँदै रहेको बढ्दो बसाईंसराईको चाप र सुविधा भोगी जनमानसले परिभाषा दिन नसकिने अनुत्तरीत बनेको राजनीतिक स्थिति रहेको स्थान हो उर्लाबारी ।

संघीयताको पहिलो अभ्यासमै विविधताले घेरेर विवादमा मुसिएको वर्तमान स्थितिले अबको उर्लाबारीको सत्ता कस्को पोल्टामा जान्छ भनेर अनुमान गर्न सकिएन । उत्तर मिक्लाजुङ र दक्षिण रतुवामाईबाट बसाईं सरी आउनेहरु नेकपा बढी भए भने अवको सत्ता ने.क.पा.को हुनेछ र ने.का. बढी भएभने ने.का.को सत्ता रहनेछ भने स्थानीय निर्वाचनमा व्यक्ति मूल्याङ्कनको पाटो सुरक्षित समेत रहन्छ । अर्कातर्फ बजारमुखी अर्थ व्यवस्था र आफ्नो पहुंच विस्तार गर्ने साम्राज्यवादी नीति पूँजीवादको हिंस्रक रुप हो । जसको चपेटामा रहेको नगर हो उर्लाबारी । राजनीतिको अमुक विश्लेषण भित्र पर्ने जातिवाद र साम्यवाद अबको सत्ता प्राप्तिको सूचक बन्नेकुरा पनि आँखिझ्यालबाट चियाएर विश्लेषण गर्न सकिन्छ । राजनैतिक पीडित र भाग्यमानी राजनीतिकर्मीको अघोषित सत्ता समिकरणले पनि उर्लाबारीको भविष्यलाई उज्वल बनाउन सक्ने मार्ग चित्र देख्न सकिन्छ ।

सहजै पार्टी परिवर्तन गर्न सक्ने र कहिल्यै हलचल नगर्ने नीतिगत बैचारिक व्यक्तिहरुलाई मोहित पार्न सक्ने क्षमतावान शक्तिशाली व्यक्ति जसमा नेतृत्व सीप सहितको योग्यता, दक्षता साथै जनमनोभावनालाई सम्बोधन गर्नसक्ने हिम्मतिलो व्यक्तित्व मात्रै नेतृत्वमा रहन सक्ने नगरी हो उर्लाबारी ।

संसारभरी औपनैवेशिक नीति असफल भएर स्वतन्त्रता र जनहितको विषयअघि बढिरहेको बर्तमान परिवेशमा बुझेर वा नबुझी उर्लाबारीलाई भावी नेतृत्व गर्न सक्ने हिम्मतिला स्व. परिभाषित अनिजनमत बटुल्न नसक्ने नकारात्मक सोचका खानीहरु उम्मेद्वारी घोषणा गर्दै चिया र भट्टि पसल धाउने गरेको कटु यथार्थ नकार्न सकिन्न तर त्यो एउटा अपरिपक्क गृहकार्य हुनेछ जसमा उद्देश्य र क्रियाकलाप ओझेल पर्ने हुन्।

प्रजातान्त्रिक अभ्यासलाई स्वीकारेको फुच्चे लोकतान्त्रिक गणतन्त्र नेपालमा बहुसँख्यक नेतृत्वपंक्ती सामु हाम्रो जस्तो विविधताले श्रृङ्गारिएको सानो उर्लाबारी प्रत्येक व्यक्तिको मुटुमा सजाउनको लागि सुन्दर, शान्त, संमृद्ध उर्लाबारीको परिकल्पना साथ आÇनो भिजन र मिसनलाई दृढताका साथ लागू गर्न सक्ने व्यक्तिबाट मात्र आशा गर्न सकिन्छ कि उर्लाबारी एउटा संमृद्ध नगरी हो । जसमा म युवा भएको नाताले तपशिलका कार्यलाई कुशलतापूर्वक गर्न सक्ने व्यक्ति र पार्टी नै उर्लाबारीको नेतृत्व गर्ने छ ।

– व्यापार, कृषि, युवा, स्वास्थ्य शिक्षा र कानुन सर्वसाधारणको पहुंचमा रहने कुरा स्वीकार गर्ने व्यक्ति र पार्टी ।

— कर घटाउँदै बैकल्पिक आय व्यवस्थापन गर्ने व्यक्ति र पार्टी ।

— महेन्द्र राजमार्ग उत्तर र दक्षिणका जनताको सुमधुर सम्बन्ध स्थापना गरी समानुपातिक विकास वर्गिकरण प्रणाली स्वीकार गर्ने व्यक्ति र पार्टी ।

— भित्र–भित्रै मौलाएको पछौटेपन र अशिक्षा निमिट्यान्न पार्ने र पहुँचको अलौकिक शक्ति अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने व्यक्ति र पार्टी ।

— विभिन्न जातजाति, भाषा, धर्म, संप्रदाय र गैरउर्लाबारी बासी समेतको हृदयमा अपनत्व बोध गराउन सक्ने व्यक्तित्व र राजनैतिक दल ।

अन्त्यमा उर्लाबारी नगरपालिकालाई दिगो विकासको अवधारणाका साथसाथै भावी पुस्ता समेतको हितमा हुने दुरदृष्टि भएको प्रजातान्त्रिक कित्ताको क्रियाशिल व्यक्ति नेतृत्वको योग्य बन्नेछ ।

उर्लाबारी नगरपालिका बहुसंस्कृति, बहुजातीय, वर्गीय, व्यक्ति तथा समूहको थलो हो । आदिवासी जनजाति अन्तर्गत धिमालजातीको केन्द्रीय कार्यालय रहेको उर्लाबारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँखाबाट भाषा, जाति तथा स्वभाव उत्खलन तथा खोजकर्ता विद्धानको रोजाईको ठाउँ भएकोले औपचारिक शिक्षामा पनि कम्तिमा स्नातक तह उत्तीर्ण गरेको वा मानवशास्त्र आदिको स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्तिद्धारा मात्र नेतृत्व लिएमा सबैको मानोभावना समेट्न सकिएला नत्र बहुमतको शासक र अड्कलबाजीको फुक्का राजनीतिले उर्लाबारी नगरको सम्पूर्ण विकास पछि पर्नेछ ।

भौगोलिक अवस्था बढ्दो शहरीकरण, आई.टि. क्षेत्रका बृहतर माग, शिक्षाको पहुँच विस्तार, विविध धर्म, संस्कृति र परम्पराको उत्थान, पछिल्लो समयमा युवा केन्द्रिय राजनीतिको बढ्दो आकर्षण, विभिन्न गुट उपगुटमा बाँढिएका युवाहरुको एकताको खाँचो, असुरक्षित र अर्ध रोजगारको चपेटा, आदि कुरालाई मध्यनजर गर्दा अव अझै पनि भिजन र मिशनका धनी आदरणीय खड्ग फागोलाई पुनः उर्लाबारी नगरीले नेतृत्व निरन्तरताको जरुरी देखेको छु मैले ¤¤¤ यसरी राजनीति अड्कलका कुरामा कतै–कसैलाई घोचपेच नगरी, कसैको पक्ष नलागी यो नाम उल्लेख गरेको छु ।

यसरी नामै किटानी नगरेको भए हुन्थ्यो भनेर पक्का पनि सुझाव आउलान् तर सत्य तथ्य र आफ्नो बिचार नलुकाई भनेको नै उत्तम होला भन्ने लाग्यो । उर्लाबारी नगरप्रमुखमा औपचारिक योग्यता, अनुभव, खोज अनुसन्धान, निष्पक्ष निर्णय क्षमता, नगरबासीको सर्वोत्तम हित, शान्ति सु–व्यवस्था, सु–शासन, आधुनिक विकासको चिन्तन, स्व–प्रेरणा र अभिभावकत्वको गुण भएको कुरा अध्ययन गरेको छु । विरोधका लागि विरोध र राम्रोलाई गलत देख्ने दुखेका आँखाको निम्ति यो मेरो व्यक्तिगत विचार सहितको लेखले पक्का पनि आलोचना र विरोधको भाषा सुन्नै पर्ला तर यथार्थ भावी पिंडीको उदाउँदो नेतृत्वसीपको सर्वाङ्गिण विकासका लागि वर्तमान नगर प्रमुख खड्गबहादुर फागोलाई आम उर्लाबारीबासी नागरिकबाट पुनः अनुरोधका साथ अभिभावकको भूमिका निर्वाह हुनुपर्ने पुनः आवश्यकता छ ।

चुनाव अघिको उर्लाबारी र चुनावपछिको उर्लाबारीलाई तुलनात्मक अध्ययन गर्दा धेरै फरक पाइन्छ । राष्ट्र भर्खर मात्र संघीयतामा प्रवेश गरेको यो पहिलो कार्यकाल नीति निर्माणमा अन्योलता र पक्ष विपक्षको राजनीतिक जोड घटाउले धेरै समय कुहिरोमा हराएको काग झै भयो र छोटो समयमा जनईच्छा र भावनाको उच्च कदरका साथ दरिलो नेतृत्व क्षमताको कारण विकासको गति तिब्र रुपमा अगाडि बढेको पाइन्छ ।

चुनावको प्रचारबाजी अनि चुनावै नआई भोट मागेको जस्ता भ्रामक कु–तर्कले पनि स्थान त पाउला तर त्यसमा कुनै दरिलो तर्क भने पक्कै छैन । आफ्नो उदय र विरोधीको अस्तयको प्रार्थनामा तल्लिन राजनीतिक भागबण्डाका भोका पूजारीले जति शंख फुकेपनि त्यसको आवाज अर्थहिन हुनेछ । आम नगरबासीले बुझेको तर अव्यक्त अनि अलिखित कुरोलाई यहाँ मैले उठान गरे जसबाट म आलोचित हुन्छु की भन्ने कुनै डर छैन बरु उर्लाबारीको भावी राजनीतिमा एउटा राम्रो प्रस्ताबको स्थानमा आफुलाई गर्व साथ उभ्याएको छु । घमण्डी अनि महत्वकांक्षी भनेर पनि यसको आलोचना आउन सक्ला त्यसलाई मैले विषय वस्तु, ज्ञान विज्ञान भन्दा फरक र अर्काको अस्तित्व स्वीकार गर्न नसकी कुरा काट्ने मात्र समूहको रुपमा राख्ने छु । आफुलाई कुनै राजनैतिक विश्लेषक र विज्ञ नभएर अग्रज र आदरणीय सकारात्मक सोजका खानी व्यक्तित्वहरुको प्रेरणाको पहिलो विजारोपणको रुपमा मानेको छु ।

यो लेखबाट कही कतै कुनै पार्टी समूह, तह र तप्काका व्यक्तित्वलाई असर पर्ने गरी घोचपेच गरिएको छैन, यदि सो तरिकाबाट कसैको आत्म सम्मानमा विचलन आयो भने सो को कारण सहित पुष्टी गरी पाऊँ । फरक विचार र अलग पृष्टभूमिको कित्तामा बसेर अनि आम नेपाली भएर त्यसमा पनि उर्लाबारीबासी भएर साथसाथै सतही होइन गहिरो विश्लेषणका साथ सूझावको अपेक्षा ।

धन्यवाद
लोलिम पोमू लिम्बू