दमकमा घर बनाउने क्रममा लडेर एकको मृत्‍यु

दमक । झापाको दमक ८ बस्ने ६० वर्षिय आतादुल धोनियाको घरबाट लडेर मृत्‍यु भएको छ । घर बनाउने काम गर्दै आएका धोनियाको दमक ६ स्थित एक घर बनाउने क्रममा मृत्‍यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचार गर्न लैजादै गर्दा बाटोमै मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।