सुनसरीमा २५ सय रुपैयाँ दिएर ज्वाइँको हत्या

इनरुवा । सुनसरीको देवनागञ्ज गाउँपालिका ७ का २५ वर्षिय मिथुन उरावको पच्चिस सय रुपियाँको प्रलोभनमा परेर हत्या भएको खुलेको छ । सुनसरीको गढी गाउँपालिका ६ बुढीखोला पुर्ब किनारमा माटोले पुरीएको अबस्थामा फेला परेको वेवारिसे लाशको अनुसन्धानको क्रममा उराँवको हत्या भएको खुलेको हो ।

गढी गाउँपालिका वडा नं. ६ बुढी खोला किनारमा माटोले पुरीएको अबस्थामा फेला परेको पुरुष मानिसको लाशको आधारमा खोजतलास गर्दा ससुराली आएका उराँवलाई सासु ससुराले २५ सय रुपियाँको प्रलोभन देखाएर छिमेकी केटाहरु लगाएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

ससुरा रामदेव उराँव, सासु छवनी देवी उराँव, श्रीमति प्रमिला उराँव समेतलाई असार २४ गते नियन्त्रणमा लिईएको र उनीहरुको वयानको आधारमा असार २५ गते विहान अरविन उराँव र अजय उराँवलाई समेत नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

हत्यामा संलग्न पाँच जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरिएको छ । प्रहरीले रामदेव उराँव, छवनी देवीउ राँव, अजय कुमार उराँव, अरविन कुमार उराँव, प्रमिला उराँवहरुले मिथुन उराँवलाई मारी खाल्डो खन्ने फरुवा (कोदालो)रामदेव उराँवको घरवाट बरामद गरी ल्याएको जनाएको छ ।