सुनसरीबाट लागुऔषध सहित ७ जना पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका-४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका-६ श्रीपुरका सुनिल कुमार मुखिया सोही स्थानका सुनिल कुमार यादब ,कोशी गाउँपालिका-६ कै बिरेन्द्र मरवैता यादब, बराहाक्षेत्र-१ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेका छन ।

कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिल कुमार मुखीयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका हरुको साथबाट ३२६ बोतल डाईलेक्स डि.सी., स्पास्मोपोक्सिवन १८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।