सप्तकोशी नदिमा पानीको बहाव घट्दै बढ्दै

सुनसरी । सप्तकोशी नदिमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल कक्षका अनुसार नदिमा पानीको बहाव २ लाख ६१ हजार ३ सय १५ क्युसेक रहेको छ । निरन्तर बढ्दो वर्षा सगै शनिबार कोशीमा पानीको बहाब २ लाख ७५ हजार क्युसेक प्रतिसेकेण्ड मापन गरिएको हो जुन यस वर्षकै उच्च पानीको बहाब रहेको हो ।

तर बिहान पानीको बहाब यस वर्षकै उच्च रहे पनि दिउसो पानीको बहाब केही मात्रामा घटेको कोशी ब्यारेक कन्ट्रोल कक्षले जनाएको छ ।