मोरङमा जंगली च्याउ खादा दुई जना बिरामी

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउपालिका ०६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुकाको खाना संगै जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् ।

बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारको लागी दमकको आम्दा अस्पताल लगी उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।