बेलबारीको क्वारेन्टिनमा रहेका १ सय ४९ को कोरोना परिक्षण


विभिन्न देशबाट फर्किएर बेलबारीको क्वारेन्टिनमा बसेका मध्ये अहिलेसम्म १ सय ४९ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण भएको छ । बेलबारी १० स्थित धिरनाथ सम्फुल विश्वास मावि क्वारेन्टिनमा बसेका १ सय ४७ व्यक्तिहरुको परिक्षण भएको हो । यस्तै होम क्वारेन्टिनमा बसेका २ जनाको पनि पिसिआर टेष्ट भएको थियो । अहिलेसम्म बेलबारीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार मात्रै १८ जनाको स्वाब नमुना संकलन गरि पठाइएकोमा शुक्रबार सबैको रिपोर्ट नेगेटिभ आएको छ । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रयोगशालामा भएको १८ जनाको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।
अहिलेपनि बेलबारी स्थित क्वारेन्टिनमा ५७ जना रहेका छन् । भारत,दुबई,कतार,मलेसिया,फ्रान्स लगायत देशबाट फर्किएका व्यक्ति क्वारेन्टिनमा बसिरहेका हुन् । क्वारेन्टिनमा रहेका बाँकी व्यक्तिहरुको पनि क्रमशः कोरोना परिक्षण गरिने विश्वकर्माले जानकारी दिनुभएको छ ।