विराटनगरमा एक पुरुषको शव फेला

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा एक जना व्यक्ती मृत अवस्थामा भेटिएका छन । विराटनगर स्थित वडा नं ६ को कार्यालयदेखि पछाडी शिव मन्दिर नजिक नालीमा अन्दाजी ५० वर्षको पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार मृत अवस्थामा भेटिएका उक्त पुरुषको पहिचान भने हुन सकेको छैन । प्रहरीले आवश्यक कानुनी प्रकृया पुरा गरी शवलाई पोर्षटम्याटमाका लागी कोशी अञ्चल अस्पातल विराटनगर लगीको प्रहरीले जनाएको छ ।