लेटाङमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ३ पुग्यो

लेटाङ , मोरङको लेटाङ नगरपालिकामा थप एक जना व्यक्तीलाई कोरोना संक्रमण देखिएको छ । लेटाङ नगरपालिकाका नगरप्रमुख शंकर राईका अनुसार ४५ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

राईका अनुसार संक्रमित व्यक्ती असार १४ गते साउदीअरेवियावाट आएर नगरपालिकाको क्वारेन्टाईनमा बस्दै आएका थिए । उनलाई कोरोना सक्रमण पुष्टि भए पछी सुन्दरहरैचाँ स्थित गोठगाँउमा रहेको कोभिड अस्पतालमा उपचारको लागि लगिएको राईले बताए । हालसम्म लेटाङका ३ जनालाई कोभिड १९ संक्रमण देखिएको छ भने २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।