बाह्रबिसे नगरपालिका बाढीः दुईको मृत्यु, १४ बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् ।

बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले स्थानीय खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुलसँगै अरनिको राजमार्गको ४० मिटर जत्ति सडक बगाएको जानकारी दिएका छन । बेपत्ता भएका अन्यको बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।