ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६५ वर्षीय बोलसोनारोले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।

उच्च ज्वरो आएपछि सोमबार कोरोना भाइरसको परीक्षण गराएका बोलसोनारोको मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।