मोटरसाइकल चोरी गर्ने ३ जना मोरङबाट पक्राउ

बेलबारी । मोरङको पथरी शनिश्चरे नगरपालिका ९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना पक्राउ परेका छन् । सोमवार राती करिब २ बजे पथरी शनिश्चरे नगरपालिका २ का आतेजुङ राईको घरबाटै मोटरसाइकल चोरी भएको थियो । राईको को ३४ प ६००४ नम्बरको मोटरसाइकल हराएको भनी प्रहरीलाई दिएको जानकारी अनुसार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका २ का २० वर्षीय पृतिमान भण्डारी, २२ वर्षीय अभिषेक कट्टेल र पथरी शनिश्चरे नगरपालिका १० का २० वर्षीय निमा तामाङ, रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।