बेलबारीमा कृषकलाई मिनिटिलर वितरण

मोरङको बेलबारी नगरपालिकाले किसानलाई खेत जोत्न प्रयोग हुने मिनिटिलर बितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाएर यान्त्रिकरण सहितको व्यवसायिकता प्रदान गर्ने उद्देश्यका साथ औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषक तथा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा औजार बितरण गरिएको हो ।
नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १४ जना किसानलाई मिनिटिलर बितरण गरीएको हो । केहि दिन अघि नगरपालिकाले ५ वटा मिनिटिलर र १६ वटा मकै छोडाउने मेसिन बितरण गरेको थियो भने मगलवार ९ वटा मिनि टिलर बितरण गरेको छ । किसानलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलि प्रबक्ता योगेन्द्र सुवेदी प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाह लगायतले बितरण गरेका थिए ।