मोरङमा एकै परिवारका ४ जनामा कोरोना पुष्टि

विराटनगर । मोरङमा आज ६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एकै परिवारका ४ जना संक्रमित फेला परेका छन् । विराटनगरमा आमा र ३ जना छोरामा कोरोना संक्रमण देखिएको छ । बाबुको भने रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगर– १५ का ३२ वर्षीया महिला तथा उनका १२, ९ र ७ वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको हो । सँगै आएका महिलाका श्रीमान्मा भने संक्रमण नदेखिएको हो ।

उनीहरु भारतबाट असार १६ गते विराटनगर आएर महानगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका थिए ।