प्रदेश १ मा थप ९ जनामा कोरोना, संक्रमितको संख्या ६८५

विराटनगर । प्रदेश १ मा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकाका ६ जनासहित प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरका ६ जनासहित सुनसरीका २ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ ।