ओली–प्रचण्डबीच वान टु वान वार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वानु वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु वार्तामा पछिल्लो समयमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल सुरु भएको छ । अध्यक्षद्वयबीचको भेटवार्ताअघि नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग छलफल गरेका थिए ।