अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा भिमसेन थापा गाउँपालिकाको २७ वर्षका पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएको उनले बताए ।