बेलबारीमा लालीगुराँस सहकारीले गर्यो रक्तदान कार्यक्रम


बेलबारी ३ स्थित लालीगुरास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो रजत जयन्तीको अवसरमा गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रगतदान गरेका छन् । सोमबार विहान बेलबारी ३ परिश्चम बसस्टेण्ड नजिकै कार्यक्रम भएको हो । रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको लालीगुराँस साकोसका व्यवस्थापक केशव रुपाखेतीले जानकारी दिनुभएको छ ।