सुन्दरहरैचामा थप एक जनामा कोरोना, संक्रमितको संख्या ९ पुग्यो

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा थप एक जनामा व्यक्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सुन्दरहरैचा नगरपालीका वडा नं १० का ३६ वर्षिय पुरुष रहेको सुन्दरहरैचा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले बताए ।

सक्रमित व्यक्ती केही दिन अघी विदेशबाट आएर नगरपालिकाले निर्माण क्वेरन्टिनमा बस्दै आएका थिए । उनको पिसिआरबाट स्वाब परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको बस्नेतले बताए । यो सगै सुन्दरहरैचा नगरपालिकामा कोरोना सक्रमितको संख्या ९ पुगेको छ भने निको हुनेको संख्या १ पुगेको छ ।