सुन्दरहरैँचा स्थित आइसोलेसनबाट ३६ जनाले कोरोना जितेर फर्किए


सुन्दरहरैँचा गोठगाउँ स्थित पुर्वाञ्चल विश्वविद्यालयको कोरोना उपचार केन्द्रको आइसोलेसनबाट शनिबार प्रदेश १ बाट आज ३६ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेन अस्पताल गोठगाउँमा उपचारत डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।

गोठगाउँबाट हाल सम्म १ सय ४६ जना डिस्चार्ज भएको आईसोलेसन अस्पतालका सम्र्पक अधिकृत धरणी निरौलाले जानकारी दिनुभयो ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।