बेलबारीको लक्ष्मीमार्गमा आगलागी: १० लाखको क्षति


बेलबारी वार्ड नम्बर ११ लक्ष्मीमार्ग स्थित एक घरमा आगलागी हुँदा सो घर जलेर नष्ट भएको छ । लक्ष्मीमार्ग संगम टोलमा शनिबार बिहान हरि सुवेदीको घरमा आगलागी भएको थियो । घरमा बिहान करिब ३ बजे आगलागी हुँदा घर पुर्णरुपमा जलेको र करिब १० लाख रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको डाँगीहाट प्रहरी चौकी भाउन्नेले जनाएको छ । ८ तोला सुन, ४० हजार नगद र काठको घर जलेर नष्ट भएको चौकीका हवल्दार लीला अधिकारीले बताए । बेलबारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।